default_image

8 years ago

December 16, 2017

मोर्डन इन्डियन र क्रेस्सेन्ट फादार मोरान फुटबलको क्वार्टरफाइनलमा

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चोभारको मोडर्न इन्डियन स्कुल र गोदावरी क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

सेन्ट जेभियर्स गोदवारीको आयोजनामा जारी प्रतियोगितामा आज बाडेगाँउको ज्वालाखदेवी विद्या मन्दिरलाई ३–२ ले हराउँदै मोर्डन इन्डियन अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । विजयी टोलीका लागि रोजन बज्राचार्य, सबल महर्जन र रोहत श्रेष्ठले गोल गरे ।

ज्वालाखदेविका लागि कृष्ण विष्ट र रोजिश थापामगरले गोल गरे । मोडर्न इन्डियका वेदराज ढुंगाना म्यान अफ दी म्याच घोषित भए । अर्को खेलमा बिशंखु नारायण डल्फिन अंग्रेजी माविलाई २–० ले पराजित गर्दै क्रेस्सेन्ट पनि क्वार्टरफाइनल पुग्न सफल भएको हो । क्रेस्सेन्टका लागि मोहित तामाङ र पुष्पक राईले गोल गरे । मोहित खेलेको म्यान अफ दी म्याच चुनिए ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.