8 years ago
December 16, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको तेस्रो स्थानमा रहेको चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदै ३ अंक खातामा जोडेको छ । चेल्सीका लागि निर्णायक गोल मार्कोस अलोन्सोले गरेका थिए ।
पहिलो हाफमा राम्रा अवसरहरु पाए पनि चेल्सीले त्यसको सदुपयोग भने हाफको अन्तिम मिनेटतिर मात्र गर्यो । डि-बक्सभन्दा बाहिर पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै मार्कोस अलोन्सोले यस सिजनको आफ्नो चौथो गोल गरे ।
त्यस्तै मेसुट ओजिलको सुन्दर गोलमा आर्सनल पनि न्युकासललाई १-० ले हराउन सफल रह्यो । यस नतिजासँगै आर्सनल तालिकाको चौथो स्थानमा उक्लेको छ भने चेल्सी तेस्रो स्थानमा यथावत् छ ।
आजको पहिलो खेलमा क्रिस्टल प्यालेसले घरेलु टोली लेस्टरलाई ३-० ले हराएको थियो । त्यस्तै हडर्सफिल्डले वाटफोर्डलाई ४-१ ले हरायो भने ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेले ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]