default_image

8 years ago

December 17, 2017

म्यानचेस्टर सिटीसँग टोटनह्याम पनि पराजित

125 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले गए राति टोटनह्यामलाई ४-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले २ गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा इल्के गुन्डगोनको गोलमार्फत सिटीले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ७० औं मिनेटमा केभिन डे ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

त्यस्तै अर्का मिडफिल्डर रहिम स्टेर्लिङले ८० औं र ९० औं मिनेटमा गोल गर्दै स्कोर ४-० पुर्‍याएका थिए । भ्रमणकारी टोली टोटनह्यामका लागि खेलको अन्तिम मिनेटमा क्रिस्टियन एरिक्सनले एक सान्तवना गोल गरेका थिए ।

यस जितसँगै सिटी एक खेल कम खेलेको प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडभन्दा १४ अंकले अगाडि पुगेको छ । टोटनह्याम भने यस पराजयसँगै तालिकाको सातौं स्थानमा झरेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.