default_image

8 years ago

December 17, 2017

म्यानचेस्टर युनाइटेड वेस्ट ब्रोमको सामना गर्दै

134 views

0 Bookmark

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेसटर युनाइटेड आज साँझ वेस्ट ब्रोमको सामना गर्दै छ । वेस्ट ब्रोमको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८ बजे सुरु हुने छ ।

म्यानचेस्टर युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् । त्यस्तै माइकल क्यारिय र एरिक बाई पनि खेलमा सहभागि हुने छैनन् ।अर्का मिडफिल्डर हेन्रिख मिखितार्यानलाई प्रशिक्षक जोसे मौरिन्होले अहिले खेल्न योग्य नरहेको बताएका छन् ।

त्यस्तै घरेलु टोलीका लागि नासेर चाड्ली र म्याट फिलिप्स फिट नरहेकाले खेल्ने सम्भावना कम छ । सिजनमा खराब सुरुवात गरेको वेस्ट ब्रोमले मध्य साता लिभरपुललाई गोलरहित बराबरीमा रोकेको थियो ।

वेस्ट ब्रोम हाल तालिकाको १९ औं स्थानमा छ । अर्को तर्फ युनाइटेड भने तालिकाको दोस्रोमा छ र एक खेल बढि खेलेको म्यानचेस्टर सिटीभन्दा १४ अंकले पछाडि छ ।

त्यस्तै आज रातिको अर्को खेलमा बोर्नमथ र लिभरपुल रातिको १0.१५ बजे भिड्दै छन् । हाल लिभरपुल तालिकाको छैठौं स्थानमा छ भने बोर्नमथ १६ औं स्थानमा छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.