default_image

8 years ago

January 5, 2018

एपीएफ समूह विजेता , सावित्राको उत्कृष्ट गोल निर्णायक

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब राजधानीमा जारी १६ औं महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै एपीएफ समूह ‘बी’ को विजेता बनेको हो ।

एपीएफलाई जिताउन सावित्रा भण्डारीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । एपीएफ र आर्मी दुवै टोली एक खेल अगावै प्रतियोगिताको सुपर लिगमा प्रवेश गरिसकेको थियो । एपीएफ समूहमा अपराजित रहन सफल रह्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमामा सकिएको थियो । तर, दोस्रो हाप शुरु भएको पाचौं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । त्यसपछि थप गोल निस्कन नसक्दा सावित्राको गोल नै एपीएफको जितमा पर्याप्त बन्यो । आर्मीविरुद्ध एक गोल गरेसँगै सावित्राले लिगमा आफ्नो गोलसङ्ख्या २१ पु¥याएको छ । मध्यपश्चिममाथि एक्लैले १२ गोल गरेका सावित्राले पश्चिमाञ्चलमाथि ८ गोल गरेको थियो ।

लिग चरणको अर्को खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाथि २–० को सजत निकाल्यो । पश्चिमाञ्चलले समा कार्कीबाट एक गोल उपहार पाएका थियो भने सुनिता विकेले एक गोल थपेको थियो ।

सुपर लिगका खेलहरु आइतबारबट शुरु हुने एन्फाले जनाएको छ । सुपर लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । आइतबारै हुने अर्काे खेलमा एपीएफले सुदूरपश्चिमाञ्चलसँग खेल्नेछ ।

खेलको भिडियो

तस्बिर तथा भिडियो : एन्फा

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.