काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला फुटबल संघको साधरणसभाले विराटजंग शाहीको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष समेत रहेका शाह डेढ दशकभन्दा लामो समयदेखि जिल्ला संघको अध्यक्ष रहेका छन् ।
चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र नविन महर्जन रहेका छन् । सदस्यमा अजव श्रेष्ठ, प्रदिप लामा, दिपा कुमारी खड्का, राजु दाहाल, सुरेन्द्र बलामी, रमेश रुपाखेती, राजु अर्याल, पूर्णमान सिंह, सुमन मान सिंह बस्नेत छन् । यसैगरि संघको शनिबारै बसेको नव निर्वाचित कार्यसमिति बैठकले महासचिवमा परेश सापकोटा र कोषाध्यक्षमा अनुप कार्कीलाई मनोनयन गरेको छ ।
एन्फा केन्द्रिय समितिको निर्वाचन चैतमा हुने भएकाले त्यसअघि जिल्ला संघको निर्वाचन भइरहेको छ । शनिबार सम्म झन्डै एक दजर्न जिल्ला संघको निर्वाचन सम्पन्न भइसकेको छ । एन्फाका ४५ जिल्ला सदस्य संघ छन् । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र जिल्ला संघको निर्वाचन सक्न निर्देशन दिएको थियो । १७ सदस्यीय कार्यसमितिका लागि एन्फा केन्द्रिय समितिको निर्वाचन चैत १४ गते हुनेछ ।