8 years ago
January 6, 2018
म्याड्रिड (एजेन्सी) – चेल्सीबाट समरमा एट्लेटिको म्याड्रिड पुगेका डिएगो कोस्टा खेल्नका लागि जनवरी विन्डोसम्म प्रतिक्षा गर्नु परेको थियो । एट्लेटिको माथिको कारवाही अवधि सकिएपछि मात्र कोस्टासँगको सरुवा औपचारिक रुपमा पुरा भएको थियो ।
एट्लेटिकोमा पुनरागमनपछि दुई खेलमा प्रभाव छाड्न सफल भएका कोस्टा अर्को खेलमा भने प्रतिबन्धमा हुने भएका छन् । एट्लेटिको फर्किएपछि लगातार दोस्रो खेलमा गोल गरेका कोस्टाले शनिबार समर्थक माँझ गोलको खुसी मनाउँदा रातो कार्डको सामना गरेका छन् ।
चेल्सी छाडेपछि एट्लेटिकोबाट पहिलो पटक सुरुआत गरेका कोस्टाले ६८ औं मिनेटमा ‘क्लिन फिनिस’ गर्दै गोल गरेपछि विज्ञापनको बोर्ड नाघेर समर्थक माँझ पुगेका थिए । त्यसको ५ मिनेट अघि कुहिनोले विपक्षी खेलाडीलाई हानेपछि पहिलो पहेलो कार्ड पाएका कोस्टाले उक्त गोलपछि खुसी मनाउँदा दोस्रो पहेलो कार्डको सामना गर्दै बाहिरिनु परेको थियो ।
१८ औं मिनेटमा एन्जेल कोरियाको गोलमा अग्रता लिएको एट्लेटिकोले घरेलु मैदानमा गेटाफेलाई २–० ले हराएको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]