default_image

6 years ago

January 8, 2018

बार्सिलोना लेभान्टेसँग विजयी, रियल सेल्टा भिगोसँग रोकियो

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३-० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे । खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर […]

22 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३-० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे ।

खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पौलिन्होले खेलको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको सहज जित सुनिश्चित गरे ।

अर्को तर्फ बार्सिलोनाको प्रतिद्वन्दि रियल म्याड्रिड सेल्टा भिगोसँग २-२ को स्कोरमा रोकिन पुग्यो । सेल्टा भिगोका ड्यानियल वासले टोलीलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफमा ग्यारेथ बेलले ३६ र ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । घरेलु टोलीका माक्सी गोमेजले खेलको ८२ औं मिनेटमा गोल गर्दै टोलीलाई १ अंक दिलाउँदै रियललाई निराश पार्‍यो ।

यस नतिजासँगै बार्सिलोनाको १८ खेलमा ४८ अंक रहेको छ भने १७ खेल खेल्दै रियलको ३२ अंक रहेको छ । दोस्रोमा रहेको एट्लेटिको म्याड्रिडको ३९ अंक छ भने तेस्रोमा रहेको भ्यालेन्सियाको ३७ अंक रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.