default_image

6 years ago

January 9, 2018

चोटका कारण कौटिन्हो तीन हप्ताका लागि बाहिर

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका नयाँ स्टार फिलिप कौटिन्होले क्लबको लागि पहिलो खेल खेल्न केहि समय कुर्न पर्ने देखिन्छ । कौटिन्हो तिघ्राको चोटका लागि कम्तीमा पनि ३ हप्ताको लागि मैदान बाहिर भएका छन् । बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमार्फत कौटिन्होको चोटको जानकारी दिएको हो । बार्साले आफ्नो ट्विटरमा समेत लेखेको थियो, ” कौटिन्होको दायाँ तिघ्रा चोटिल रहेकाले […]

33 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका नयाँ स्टार फिलिप कौटिन्होले क्लबको लागि पहिलो खेल खेल्न केहि समय कुर्न पर्ने देखिन्छ । कौटिन्हो तिघ्राको चोटका लागि कम्तीमा पनि ३ हप्ताको लागि मैदान बाहिर भएका छन् ।

बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमार्फत कौटिन्होको चोटको जानकारी दिएको हो । बार्साले आफ्नो ट्विटरमा समेत लेखेको थियो, ” कौटिन्होको दायाँ तिघ्रा चोटिल रहेकाले उनी ३ हप्ताका लागि बाहिर हुने छन् ।”

ब्राजिलियन कौटिन्हो शनिबार मात्र बार्सिलोना पुगेका हुन् । उनलाई बार्सिलोनाले १ सय ६० मिलियन पाउन्डमा किनेको हो । यस ट्रान्सफरसँगै नेयमार पछिका कौटिन्हो सबैभन्दा महँगा खेलाडि पनि भएका छन् । कुनै पनि ब्रिटिस क्लब संलग्न भएको यो सबैभन्दा ठूलो सम्झौता थियो ।

बार्सिलोना अहिले १८ खेलमा ४८ अंकका साथ लालिगाको शीर्ष स्थानमा रहेको छ । कौटिन्होले यस सिजन लिभरपुलका लागि सबै प्रतियोगितामा १२ गोल गरिसकेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.