default_image

6 years ago

January 9, 2018

बार्सिलोनामा सर्वाधिक कमाउने ५ खेलाडी

बार्सिलोना (एजेन्सी) – ब्रिटिस ट्रान्सफर रेकर्डका साथ लिभरपुलबाट बार्सिलोना पुगेगा फिलिपे कौटिन्हो बार्सिलोनामा तेस्रो सर्वाधिक तलब पाउने खेलाडी बनेका छन् । जान्नुहोस् कौटिन्होसहित बार्सिलोनाका सर्वाधिक कमाउने ५ खेलाडी । ५. सर्जियो बुस्केट्स : १८०,००० युवा अवस्थादेखि बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्सले सन् २००७ मा बार्सिलोनाको सिनियर टोलीमा स्थान पाएका थिए । २०१६ मे […]

20 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ब्रिटिस ट्रान्सफर रेकर्डका साथ लिभरपुलबाट बार्सिलोना पुगेगा फिलिपे कौटिन्हो बार्सिलोनामा तेस्रो सर्वाधिक तलब पाउने खेलाडी बनेका छन् । जान्नुहोस् कौटिन्होसहित बार्सिलोनाका सर्वाधिक कमाउने ५ खेलाडी ।

५. सर्जियो बुस्केट्स : १८०,०००

युवा अवस्थादेखि बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्सले सन् २००७ मा बार्सिलोनाको सिनियर टोलीमा स्थान पाएका थिए । २०१६ मे महिनामा बार्सिलोनासँग नँया सम्झौता गरेका बुस्केट्सले हरेक हप्ता बार्सिलोनाबाट १ लाख ८० हजार पाउण्ड कमाउँछन् । उनी २०२१ सम्म बार्सिलोनासँग आबद्ध छन् ।

४. ओस्माने डेम्बेले : २२०,०००

यसै सिजन बार्सिलोनासँग आबद्ध २० वर्षीय फरवार्ड ओस्माने डेम्बेलेले कलिलै उमेरमा सर्वाधिक खेलाडीमध्ये एक बनेका छन् । २०१७/१८ सिजनको सुरुआतमा १ सय ५ मिलियन युरोमा बार्सिलोना पुगेका डेम्बेलेको सरुवा रकम उनको प्रदर्शनको आधारमा १ सय ४५ मिलियन युरोसम्म पुग्ने सम्भावना छ । उनले २ लाख २० हजार पाउण्ड प्रतिहप्ताको तलबमा बार्सिलोनासँग ५ वर्षसम्मको सम्झौता गरेका हुन् ।

Dembele

३. फिलिपे कौटिन्हो : २४०,०००

करिब दुई ट्रान्सफर विन्डोको चर्चाका विषय ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो अन्ततः २०१८को जनवरीमा बार्सिलोनासँग १ सय ४२ मिलियन पाउण्डको सरुवा रकममा बार्सिलोनासँग आबद्ध भएका छन् । उनले २ लाख ४० हजार पाउण्ड प्रतिहप्तामा बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौता गरेका छन् ।

२. लुइस स्वारेज : २९०,०००

लिभरपुलबाट बार्सिलोना पुगेका अर्का दक्षिण अमेरिकी खेलाडी लुइस स्वारेज बार्सिलोनामा दोस्रो सर्वाधिक कमाउने खेलाडी हुन् । २०१४/१५ को समर ट्रान्सफरमा बार्सिलोनासँग ५ वर्ष सम्झौता गरेका स्वारेजले २०१६ को डिसेम्बरमा थप २ वर्ष सम्झौता थपेका थिए । नँया सम्झौता अनुसार उनले प्रति हप्ता २ लाख ९० हजार पाउण्ड कमाउँछन् ।

Suarez

१. लियोनल मेस्सी : ५००,०००

बार्सिलोनाको नँया सम्झौता अनुसार लियोनम मेस्सी २०२१ सम्म बार्सिलोनामा आबद्ध रहनेछन । यस अवधिमा उनले प्रति हप्ता ५ लाख पाउण्ड पारिश्रमिक पाउनेछन । साप्ताहिक पारिश्रमिक बाहेक उनले प्रदर्शनका आधारमा थप बोनस पनि पाउने छन् ।

messi

अन्य खेलाडीहरु र उनीहरुको प्रति हप्ताको पारिश्रमिक :

जेरार्ड पिके / एन्ड्रियस इनिएस्टा : १६५,०००
राकिटिक : १३०,०००
पौलिन्हो : १२०,०००
जोर्डी अल्बा : १००,०००
टर स्टेगन : ९०,०००

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.