default_image

6 years ago

January 9, 2018

रुपन्देही खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अग्नि रुपन्देही–११ धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै रुपेन्देहीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । रुपेन्देहीको जितमा अमर डंगोलले २ तथा मनिस थापाले १ गोल गरे । […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अग्नि रुपन्देही–११ धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै रुपेन्देहीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । रुपेन्देहीको जितमा अमर डंगोलले २ तथा मनिस थापाले १ गोल गरे । पराजित ड्रुक स्टारका कुङ्गा रवगे र यासी दोर्जेले समान १–१ गोल गरे ।

खेलको २२ औं मिनेटमा अमर डंगोलको गोलबाट रुपन्देहीले शुरुवाती अग्रता बनाएको थियो । ३८ औं मिनेटमा अमरले नै गोल गर्दै रुपेन्देहीको अग्रता दोब्बर पार्दा पारे । दोस्रो हाफमा रुपेन्देहीले थप एक गोल गर्दा दुई गोल खान पनि पुगेको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल पस्केको भुटानको ड्रुक स्टारका लागि कुङ्गा रवगेले ५८ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि ड्रुकले ६९ औं मिनेटमा अर्काे गोल खान पुग्यो । यसपटक रुपन्देहीका मनिष थापाले गोल गरे ।

खेलको इन्जुरी समयमा यासी दोर्जेले गोल गरेपनि खेल ३-२ मै सकिएको हो । दुई गोल गरेका रुपेन्देहीका अमर डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार नेपाल एपीएफ क्लब र सिएमजी क्लब संकटाबीच खेल हुनेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रस्पिर्धा गर्नेछ ।

पुस २१ बाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चलनेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५५५ नगद प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५-१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.