8 years ago
January 13, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आर्मीसँगको ३-१ को पराजयमा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टाइसिटलाई दोष दिएका छन् ।
हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आयोजकल बनाएको टाइसिट प्रति असन्तुष्ट जनाए । ‘हिजोको आजै खेल्नुपर्दा हाम्रा खेलाडीले थकित भएर खेल्न सकेन ।
आयोजकले टाइसिट कुन नियममा बनाएको हो ।’ प्रशिक्षक लोप्साङले भने, ‘कुनै टोलीले एक दिन खेलेर ८/९ दिनको विश्राम पाएको छ । कुनै टोलीले २४ घण्टा नबित्दै दोस्रो खेल खेल्नु परेको छ । अनि कसरी सकरात्मक नतिजा ल्याउन सकिन्छ ।
उनले शारीरिक रुपमा बलियो आर्मीविरुद्ध थकित भएका कारण अग्रता लिएर पनि हार्नु परेको बताए । मनाङले शुक्रबार अग्नि रुपन्देही–११ सँग प्रतिस्पर्धा गरेको थियो । आर्मीले बिहिबार रुस्लान थ्री स्टारलाई २–१ ले पराजत गरेको थियो ।
जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको मिहेनतका कारण जित हात पार्न सकिएको बताए । ‘शुरुमै गोल खाएपनि समयमै गोल फर्काउन सक्दा खेलाडीमा मनोवल बढ्यो । मनाङ थकित भएको मौकाको फाइदा उठाउन सफल भयौ ।’ प्रशिक्षक न्यौपाने भने, ‘फाइनलमा जुन टोली आएपनि जितको लागि खेल्ने हाम्रो लक्ष्य हुनेछ ।’
आर्मीका प्रशिक्षक नविन न्युपाने
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]