default_image

8 years ago

January 15, 2018

बार्सिलोनाको पुनरागमनमा स्वारेज नायक

160 views

0 Bookmark

स्यान सेबास्टियन (एजेन्सी) – लुइस स्वारेजको दुई गोलको मद्धतले बार्सिलोना रियल सोसिडाडमाथि ४-२ को जित हासिल गरेको छ । २-० ले पछि परेको बार्सिलोनाले अन्ततः पुनरागमन गर्दै शिर्ष स्थानमा ९ अंकको दुरी बनाएको छ ।

suarez

बार्सिलोनाको जितमा पौलिन्हो र मेस्सीले एक गोल तथा लुइस स्वारेजले २ गोल गरे । खेलको ११ औं मिनेटमा विलियन जोसको गोलमा अग्रता लिएको घरेलु टोलीले ३४ औं मिनेटमा ज्वान्मीको गोलमा अग्रता दोब्बर गरेको थियो । बार्सिलोनाले हाफको अन्त्य अघि ३९ औं मिनेटमा पौलिन्होको गोल मार्फत दुरी घाटायो ।

दोस्रो हाफमा ५० औं मिनेटमा स्वारेजले गोल गर्दै खेल बराबरीमा पुर्याए भने उनी स्वरेजले ७७ औं मिनेटमा गोल गर्दै खेलमा पहिलो पटक बार्सिलोनालाई अग्रतामा पुर्याए । मेस्सीले ८५ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिस्चित गरे ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.