8 years ago
January 18, 2018
प्यारिस (एजेन्सी) – फ्रान्सको लिग १ मा पिएसजीले घरेलु मैदानमा डिजोनलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा नेयमारले ४ गोल गरे भने एन्जल डी मारियाले २ तथा एडिसन काभानी र किलियन बाप्पेले पनि एकएक गोल गरे ।
पिएसजीलाई डी मारियाले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै १५ औं मिनेटमा उनले घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए । त्यस्तै २१ औं मिनेटमा ३-० बनाएका काभानी पिएसजीका लागि ‘सर्वाधिक गोल गर्ने खेलाडी’ बने । ज्लाटन एब्राहिमोबीचसँग र उनको नाममा पिएसजीका लागि समान १ सय ५६ गोल छन् ।
त्यस्तै हाफ अघि ४२ औं मिनेटमा गोल गरेका नेयमारले दोस्रो हाफमा थप ३ गोल गरे । ५७ औं र ५३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका नेयमारले बाप्पेले ७७ औं मिनेटको गोल पछि ८३ औं मिनेटमा पेनाल्टी मार्फत थप गोल गरे ।
पिएसजीको जितसंगै अग्रस्थानमा ११ अंकको अग्रता छ । दोस्रो स्थानमा रहेको लियोनको ४५ अंक छ भने डिजोन पराजयसंगै ११ औं स्थानमा झरेको हो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]