8 years ago
January 27, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनलमा शनिबार बंगलादेशको उत्तर बरिन्धाराले सुदुरपश्चिम ११ लाई २–१ ले पराजित गर्यो । खेलको अन्तिम समय भने तनाबग्रस्त रह्यो । खेलको १८ औं मिनेटमा फिफा रेफ्री श्रवण लामा चोटका कारण बाहिरिनु परेपछि उनको स्थानमा अर्का फिफा रेफ्री सुदिश पाण्डेले खेलमा जिम्मेवारी सम्हाले ।
प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस
खेलको दौरान खेलाडीलाई पटक पटक रिस सम्हाल्न चेतावनी दिएका सुदिशले दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशी क्लबको खेलाडी स्याला सोन्लेमानेलाई बुक गरे । इन्जुरी समयको पाँचौ मिनेटमा स्यालाले पुनः पहेलो कार्ड पाएपछि खेल तनाबग्रस्त भयो ।
बरिन्धाराका खेलाडीले एक पछि अर्को गर्दै पहेलो कार्डको सामना गरे । आक्रोशित खेलाडीले सुदिशलाई घेर्दै धकेले । खेल अवधी भर सुदीशले बरिन्धाराका खेलाडीलाई ६ पहेलो कार्ड र दुई रातो कार्ड देखाए । सुदूरका दुई खेलाडी पनि बुक भए ।
खेलपछि पत्रकारसँग बोल्दै बंगलादेशी क्लबका प्रशिक्षक र अफिसियलले रेफ्रीले पक्षपात गरेको धारणा दिए । तर सुदूरपश्चिमको प्रशिक्षण सम्हालेका क्लबका अध्यक्ष सुरेश हमाल भने रेफ्रीमाथि आक्रोश पोखरेकाले रेफ्रीले सहि निर्णय लिएको बताए ।
हेर्नुहोस् खेलपछि दुवै पक्ष्यको धारणा
बंगलादेश प्रशिक्षक र अफिसियल
सुदुरका प्रशिक्षक
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]