8 years ago
January 30, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग स्तब्ध भएपछि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङले विदेशी खेलाडी खेलाउन नपाउनुकै कारण टोली पराजित भएको बताएका छन् ।
मनाङका चार विदेशी खेलाडीको वर्कपरमिटको म्याद सकिएका कारण मंगलबार पुलिसविरुद्ध खेलाउन पाएन । सोमबार रुस्लान थ्री स्टार क्लबले पनि त्यहि कारण दुई विदेशीलाई खेलाउन पाएन ।
‘चार मुख्य खेलाडी खेलाउन नपनाए पछि हामीले राम्रो खेल्न सकेनौ ‘, प्रशिक्षक लोप्साङले भने ,’ पछिल्लो तीन चार वर्षदेखि रक्षापक्तिमा हामी विदेशी खेलाडकिो भरमा थियौं । अर्को तिर हामीले पहिलो हाफ अलि हल्का रुपमा खेल्यौं । पुलिसले मेहनत गरेर खेल्यो । जसको कारण यस्तो परिणाम आयो ।’
लोप्साङले फुटबलमा हार जितलाई स्वभाविक मानेका छन् । उनले थपे, ‘फुटबलमा ब्राजिल जस्तो देशले त ७ गोल खान्छ भने मनाङ हार्दा आश्चार्य मान्नु पर्ने केहि छैन । ‘
पुलिसका प्रशिक्षक अनन्त थापाले आफुले बनाएको योजना अनुरुप खेलाडीले प्रदर्शन गरेपछि नतिजा आएको बताए । उनले भने, ‘खेलाडीलाई दिएको भूमिका राम्रोसँगले निर्वाह गरेपछि जित्न सफल भयौं ।’
मनाङ प्रशिक्षक छिरिङ लोप्साङ
पुलिस प्रशिक्षक अनन्त थापा
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]