default_image

6 years ago

February 9, 2018

बुढासुब्बा गोल्डकप फाइनल – नौं पटकका विजेता पुलिस र थ्री स्टार भिड्दै

धरान (हाम्रो खेलकुद) – नौं पटकका विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच शनिबार २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । बुढाासुब्बा ५ पटक जितेको पुलिस र ४ पटक जितेको थ्री स्टार धरानमा उपाधिका लागि भने पहिलो पटक भिड्दैछन् । फाइनल धरान १६ स्थित प्रादेशिक रंगशालामा हुनेछ । […]

34 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – नौं पटकका विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच शनिबार २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । बुढाासुब्बा ५ पटक जितेको पुलिस र ४ पटक जितेको थ्री स्टार धरानमा उपाधिका लागि भने पहिलो पटक भिड्दैछन् । फाइनल धरान १६ स्थित प्रादेशिक रंगशालामा हुनेछ ।

पुलिसले बुधबार पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । बिहीबार भएको खेलमा भारतको दुर्गापुर स्टिल फुटबल क्लब कलकत्तालाई १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको थियो । बुढासुब्बामा थ्री स्टार फाइनल पुगेको यो पाँचौँ पटक हो । यसअघि थ्री स्टारले चारपटक सातौँ, नवौँ, ११औँ र १४ औँ संस्करणको उपाधि जितेको थियो । पुलिसले ५ पटक दोस्रो, चौथो, पाचौं, दशौं र १९ औं संस्करणको विजेता हो ।

फागुन २० गते पोखरामा भएको आहा रारा गोल्डकपमा पुलिससँग १–० ले हार व्यहोरेको थ्रि स्टार बुढासुब्बा गोल्डकपमा भने हारको बदला लिने दाउमा रहेको छ । चारजना विदेशी खेलाडीसहित ६ जना राष्ट्रिय खेलाडी र १ जना नयाँ खेलाडी लिएर मैदानमा उत्रने तयारी गरेको थ्रिस्टार पाँचौँ पटकको विजेता बन्ने तयारीमा रहेको छ ।

यस वर्षको प्रतियोगितामा दोस्रो पटक थ्रि स्टारसँग भेट भएको पुलिस पनि बुढासुब्बाको छैठौँ पटकको विजेता बन्ने दाउमा छ ।दाङमा भएको राखेप च्याम्पियनसिप र पोखराको आहा रारा गोल्डकपको विजेता बनिसकेको पुलिसले सबै नयाँ खेलाडीहरू मैदानमा उतार्दैछ । कुनै पनि खेलाडी घाइते नभएको र सबै खेलाडी शक्तिशाली भएकाले जित्ने सम्भावना रहेको पुलिसको दाबी छ ।

पुलिसले बुढासुब्बा जितेमा त्यो टोलीको वर्षको तेस्रो उपाधि हुनेछ । अर्कोतिर लगातार तेस्रो साता तेस्रो फाइनल खेल्ने तयारीमा रहेको थ्री स्टार जितेमा टोलीको त्यो वर्षको दोस्रो उपाधि हुनेछ । धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत थ्री स्टार भन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केको थियो ।

खप्तडमा क्वार्टरफाइनलमा रोकिएको थ्री स्टारले माघ १२ गते सर्वाधिक पुरस्कार राशीको मदन स्मृति इटहरी गोल्ड कप जितेको थियो । गत हप्ता पोखरामा आहा गोल्ड कपको फाइनल खेलेका थ्री स्टार र पुलिस फेरि एकपटक शनिबार अर्को उपाधिका लागि भिड्दैछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.