6 years ago
March 1, 2018
लन्डन (एजेन्सी) – एफए कपको तेस्रो राउन्डको रिप्ले खेलमा टोटेनह्यामले तेस्रो डिभिजनको रोचडेललाई ६-१ ले हराएको छ । स्पर्सको जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने ह्युङ्ग-मिन सनले पनि दुई गोल गरे । प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेससँग खेलेको टोलीमा ९ परिवर्तन गरेको स्पर्सले खेलको सुरुआती समयमा एरिक लामेलाको गोलमा अग्रता लिएपनि भिडियो असिस्टटेन्ट रेफ्री (भार) […]
लन्डन (एजेन्सी) – एफए कपको तेस्रो राउन्डको रिप्ले खेलमा टोटेनह्यामले तेस्रो डिभिजनको रोचडेललाई ६-१ ले हराएको छ । स्पर्सको जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने ह्युङ्ग-मिन सनले पनि दुई गोल गरे ।
प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेससँग खेलेको टोलीमा ९ परिवर्तन गरेको स्पर्सले खेलको सुरुआती समयमा एरिक लामेलाको गोलमा अग्रता लिएपनि भिडियो असिस्टटेन्ट रेफ्री (भार) ले उक्त गोल मानेन ।
खेलको २३ औं मिनेटमा सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यस्तै ३१ औं मिनेटमा स्टेफेन्स मर्फिसले रोचडेललाई बराबरी गोल दिलाएपनि दोस्रो हाफ अघि लोरेन्टेले स्पर्सलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफको सुरुआतसंगै ४७ र ५३ औं मिनेटमा गोल गर्दै स्पेनिस फरवार्ड लोरेन्टेले ह्याट्रिक पुरा गरे । सनले ६० औं मिनेटमा र काइल वाल्कर-पिटर्सले खेलमा थपिएको समयमा गोल गर्दै स्पर्सको जित सहज बनाए । स्पर्सले प्रतियोगिताको क्वाटरफाइनलमा अब स्वान्सीको सामना गर्नेछ ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]