default_image

6 years ago

March 1, 2018

नेयमारको शल्यक्रिया ब्राजिलमा गरिने, रियलसँग नखेल्ने पक्का

पेरिस(एजेन्सी) – विश्व फुटबलका महँगा खेलाडी नेयमारले फ्रेन्च लिगको खेलमा मार्सलविरुद्ध चोट बोकेका थिए । उनको दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केका कारण उनी हाल मैदान बाहिर छन् । करिब ३ दिनको विश्राम र विभिन्न परिक्षण पछि उनको शल्यक्रिया गर्नुपर्ने पिएसजीले सार्वजनिक गरेको थियो । पिएसजीले नयाँ प्रेस रिलिज सार्वजनिक गर्दै नेयमारको शल्यक्रिया ब्राजिलमा हुने जनाएको छ । पिएसजीले […]

15 views

0 Bookmark

पेरिस(एजेन्सी) – विश्व फुटबलका महँगा खेलाडी नेयमारले फ्रेन्च लिगको खेलमा मार्सलविरुद्ध चोट बोकेका थिए । उनको दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केका कारण उनी हाल मैदान बाहिर छन् ।

Neymar injured

करिब ३ दिनको विश्राम र विभिन्न परिक्षण पछि उनको शल्यक्रिया गर्नुपर्ने पिएसजीले सार्वजनिक गरेको थियो । पिएसजीले नयाँ प्रेस रिलिज सार्वजनिक गर्दै नेयमारको शल्यक्रिया ब्राजिलमा हुने जनाएको छ ।

पिएसजीले सार्वजनिक गरेको रिलिजमा लेखिएको छ, “ब्राजिल फुटबल र पिएसजीले संयुक्त रुपमा नेयमारको शल्यक्रिया ब्राजिलमा निर्णय गरेको छ । डाक्टर रोड्रिगो लासमार नेतृत्वमा शल्यक्रिया हुनेछ ।”

नेयमारले अर्को साता हुने च्याम्पियन्स लिगको खेल गुमाउने पनि पक्का भइसकेको छ । पहिलो लेगमा रियलको घरेलु मैदानमा ३-१ ले पछि परेको पिएसजीले ६ मार्चमा रियललाई आफ्नो घरेलु मैदानमा निम्त्याउँदै छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.