default_image

6 years ago

March 2, 2018

विश्वकपका लागि सन्न्यासबाट फर्किने इब्राहिमोभिचको संकेत

लण्डन (एजेन्सी) – स्विडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले आउने विश्वकप २०१८ का लागि सन्न्यासबाट फर्किने संकेत दिएका छन् । २०१६ को युरोकपको समापनपछि इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यस लिएका थिए । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासपश्चात इब्राहिमोभिच पिएसजीबाट म्यानचेस्टर युनाइटेड अाए । पहिलो सिजन राम्रो प्रदर्शन गरे पनि उनी यो सिजन भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै […]

29 views

0 Bookmark

लण्डन (एजेन्सी) – स्विडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले आउने विश्वकप २०१८ का लागि सन्न्यासबाट फर्किने संकेत दिएका छन् । २०१६ को युरोकपको समापनपछि इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यस लिएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासपश्चात इब्राहिमोभिच पिएसजीबाट म्यानचेस्टर युनाइटेड अाए । पहिलो सिजन राम्रो प्रदर्शन गरे पनि उनी यो सिजन भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै छन् ।

स्विडिस मिडियासँगको अन्तर्वार्तामा इब्राहिमोभिचले भने, “म राष्ट्रिय टोलीलाई निकै सम्झिन्छु । यदि म सक्ने भए फर्किन चाहन्थेँ । म राम्रो प्रदर्शन गर्न सक्छु भनेर विश्वस्त हुन चाहन्छु ।”

आफू नामको लागि मात्र नभई महत्त्वपूर्ण योग्दान दिन सके मात्र सन्न्यासबाट फर्किने इब्राहिमोभिचले बताए । स्विडेनले इब्राहिमोभिचको उपस्थिति बिनै चार पटकको विश्वकप विजेता इटालीलाई प्ले-अफमा हराउँदै विश्वकपको यात्रा सुनिश्चित गरेको हो ।

इब्राहिमोभिच स्विडेनका लागि ६२ गोल सहित सर्वाधिक गोलकर्ता हुन् । यस पटक विश्वकपमा स्विडेन दक्षिण कोरिया, मेक्सिको र जर्मनीसँग समूह ‘एफ’मा रहेको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.