default_image

6 years ago

March 2, 2018

“मेस्सीको कारणले बार्सिलोना विमानस्थल विस्तार हुन सकेन”

बार्सिलोना (एजेन्सी) – बार्सिलोना विमानस्थल यूरोपको व्यस्तमध्ये एक हो । यसको व्यस्ततालाई मध्येनजर गर्दै विभिन्न एयरलाइन्सका अध्यक्षहरुले थप रनवे बनाउने योजना अघि सारे पनि बार्सिलोनाका स्टार मेस्सी र अन्य खेलाडीहरुका कारण बार्सिलोना विमानस्थल विस्तार हुन नसकेको भुएलिन एयरलाइन्सका अध्यक्ष जाभियर सान्चेज-प्रिएटोले बताएका छन् । मेस्सी लगायत अन्य बार्सिलोनाका खेलाडीहरुको घर बार्सिलोना विमानस्थलबाट १० किलोमिटरको दुरीमा छ । प्रिएटोका अनुसार मेस्सीको घर माथिबाट विमान उडाउन रोक लगाइएको छ, […]

32 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोना विमानस्थल यूरोपको व्यस्तमध्ये एक हो । यसको व्यस्ततालाई मध्येनजर गर्दै विभिन्न एयरलाइन्सका अध्यक्षहरुले थप रनवे बनाउने योजना अघि सारे पनि बार्सिलोनाका स्टार मेस्सी र अन्य खेलाडीहरुका कारण बार्सिलोना विमानस्थल विस्तार हुन नसकेको भुएलिन एयरलाइन्सका अध्यक्ष जाभियर सान्चेज-प्रिएटोले बताएका छन् ।

मेस्सी लगायत अन्य बार्सिलोनाका खेलाडीहरुको घर बार्सिलोना विमानस्थलबाट १० किलोमिटरको दुरीमा छ । प्रिएटोका अनुसार मेस्सीको घर माथिबाट विमान उडाउन रोक लगाइएको छ, जसको कारण बार्सिलोना विमानस्थलमा अन्य रनवेहरु थप गर्न सम्भव भएन ।

“यो संसारमा कतै नहुने नियम हो । मेस्सीको घर माथिबाट जहाज उदाउन निषेध छ ।” प्रिएटोले स्पेनिस संचारमाध्यम मार्सालाई बताए, “हामीले विमानस्थलमा रनवे थप गर्ने प्रस्ताव अघि सारे पनि यसकारणले यो सम्भव रहेन । “

लुइस स्वारेज पनि मेस्सीको घर वरपर बस्छन् र बार्सिलोनाका नयाँ मिडफिल्डर फिलिप कौटिन्होले पनि यसै स्थानीयतामा घर खरिद गरेका हुन् ।

messi house

मेस्सी लगायत अन्य बार्सिलोनाका खेलाडीहरुको घर बार्सिलोना विमानस्थलबाट १० किलोमिटरको दुरीमा छ ।

 

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.