6 years ago
March 3, 2018
बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी ) जानु भनेको रियल म्याड्रिड पुग्नका लागि एक कदम अघि बढ्नु हो भन्ने बार्सिलोनाका पूर्व अध्यक्ष लार्पोटाले बताएका छन् । ब्राजिलियन सुपर स्टार सिजिनको सुरुआतमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । त्यहाँ पुगेयता नेयरमा रियल जाने चर्चा चल्दै आएको छ । लार्पोटाले नेयमार पिएसजी जानुलाई रियल […]
बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी ) जानु भनेको रियल म्याड्रिड पुग्नका लागि एक कदम अघि बढ्नु हो भन्ने बार्सिलोनाका पूर्व अध्यक्ष लार्पोटाले बताएका छन् ।
ब्राजिलियन सुपर स्टार सिजिनको सुरुआतमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । त्यहाँ पुगेयता नेयरमा रियल जाने चर्चा चल्दै आएको छ । लार्पोटाले नेयमार पिएसजी जानुलाई रियल जानुअघिको एउटा बाटो भएको बताएका छन् । नेयमारको चोट तथा पिएसजी र रियलबीचको च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको बारेमा पनि उनी बोलेका छन् । अन्तर्वार्ताका क्रममा लार्पोटाले भने, ‘उनी पिएसजी जानु रियल जानुअघिको एउटा कदम हो । समयले सबै बताउनेछ ।’
नेयमार खेल जीवनको उच्च विन्दुमा रहेको उल्लेख गर्दै पूर्व अध्यक्षले भने, ‘उनी बलोन डी’ओर जित्न चाहन्छन् । त्यसका लागि उनलाई त्यस्तो क्लब आवश्यक पर्दछ, जहाँ उनी स्टार हुन सक्दछन् ।’ लार्पोटाले नेयमारको चोटमा पनि दुःख व्यक्त गरे । ‘उनका लागि मलाई दुःख लागेको छ । उनी पिएसजीका महत्वपूर्ण खेलाडी हुन्,’ उनले भने,’ पिएसजीले पहिलो लेगमा ३–१ ले गुमाइसकेको छ, त्यसका कारण पनि नेयमारलाई टोलीले मिस गर्नेछ ।’
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]
April 25, 2024
एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]