default_image

6 years ago

March 3, 2018

उद्घाटन खेलमा झापाको ५ गोल

बिर्तामोड (हाम्रो खेलकुद) – रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमविरुद्व गोलको वर्षा गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदूरपश्चिमलाई ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । खेलको छैठौँ मिनेटमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले पहिलो गोल गर्दै […]

26 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमविरुद्व गोलको वर्षा गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदूरपश्चिमलाई ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

खेलको छैठौँ मिनेटमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले पहिलो गोल गर्दै टोलीको खाता खोलेका थिए । विशाल राईको प्रहार पोस्टमा लागेर रिबाउन्ड भएको बललाई देवेन्द्रले सदुपयोग गरेका थिए । खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदूरपश्चिमका खेलाडीलाई लागेर आत्मघाती गोल भएको थियो ।

३० औँ मिनेटमा झापा ११ का स्ट्राइकर कर्ण लिम्बूले गोल गर्दै अग्रता तेब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा झापा ११ का भुषण सुब्बाको पासमा खमिरगिल्सन कन्दङ्वाले गरेको प्रहार पनि गोलमा परिणत भएको थियो । खेलको ५२ औँ मिनेटमा योगेश गुरुङले खमिरगिल्सन कन्दङ्वालाई मिलाइदिएको पासलाई झापा ११ का स्ट्राइकर कर्ण लिम्बूले उत्कृष्ट ढंगले गोल गरेका थिए ।

त्यस्तै खेलको १३ औँ मिनेटमा विश्वास श्रेष्ठले डिबक्स नजिकबाट गरेको फ्रि किक प्रहार सुदूरपश्चिमका गोल रक्षक जीवन भट्टराईले उत्कृष्ट बचाउ गरेका थिए । खेलको २२ औँ मिनेटमा कन्दङ्वाको प्रहार पनि गोलरक्षक भट्टराईले बचाउ गरे । खेलको ३७ औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङको क्रसलाई स्ट्राइकर कर्ण लिम्बूले सदुपयोग गर्न सकेनन् । सुदूरपश्चिमका गोलरक्षक बिट भइसकेको अवस्थामा पनि स्ट्राइकर लिम्बू चुकेका थिए ।

आजको खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टिमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछन् ।प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका थिए । उनले खेलकुद महाविद्यालय बनाइने योजना सुनाए । आइतबारको खेल नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.