default_image

6 years ago

March 4, 2018

रोनाल्डोले तोडे मेस्सीको किर्तिमान

म्याड्रिड (एजेन्सी) – गेटाफेसँगको जितमा २ गोल गरेका रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ला लिगामा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बनाएको किर्तिमान तोडेका छन् । खेलमा व्यक्तिगत पहिलो गोल मार्फत उनले ३ सय गोल पुरा गरेका थिए ।  दुई गोल गर्दै ला लिगामा ३ सय गोल पुरा गरेका रोनाल्डो स्पेनिस शिर्ष डिभिजनमा ३ सय गोल गर्ने […]

24 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गेटाफेसँगको जितमा २ गोल गरेका रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ला लिगामा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बनाएको किर्तिमान तोडेका छन् । खेलमा व्यक्तिगत पहिलो गोल मार्फत उनले ३ सय गोल पुरा गरेका थिए । 

ronaldo-and-messi

दुई गोल गर्दै ला लिगामा ३ सय गोल पुरा गरेका रोनाल्डो स्पेनिस शिर्ष डिभिजनमा ३ सय गोल गर्ने दोस्रो खेलाडी हुन् । बार्सिलोनाका स्ट्राइकर मेस्सी भने ला लिगामा ३ सय गोल पुरा गर्ने पहिलो खेलाडी हुन् । तर ला लिगामा थोरै खेलमा ३ सय गोल गर्ने किर्तिमान भने रोनाल्डोको नाममा बन्यो । मेस्सीले ३ सय ३४ खेलमा ३ सय गोल गरेका थिए भने रोनाल्डोले उक्त कोशेढुंगा २ सय ८६ खेलमा पुगेका हुन् ।

३३ वर्षीय पोर्चुगेली स्ट्राइकर रोनाल्डोले सन् २००९ मा रियलसँग आबद्ध भएयता सबै प्रतियोगितामा ४ सय २६ खेल खेल्दै ४ सय ३६ गोल गरेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.