8 years ago
March 4, 2018
बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । मेस्सीले ३० यार्डबाट फ्री किक मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिना र बार्सिलोनासँग गरेर मेस्सीको यो ६ सयौं गोल हो ।
बार्सिलोनाले पहिलो हाफमा खेलमा पूर्ण नियन्त्रण राखेको थियो । दोस्रो हाफमा भने एथ्लेटिकोले पोजेसन राखे पनि गोल गर्न भने सकेन । खेलको ७६ औं मिनेटमा स्वारेजले गोल गरे पनि रेफ्रीले अफसाइडका कारण गोल मानेन । त्यस्तै गेमेरोको ८६ औं मिनेटको गोल पनि अफसाइड भएका कारण बार्सिलोनाले ३ अंक पाएको हो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]