default_image

6 years ago

March 5, 2018

म्यानचेस्टर सिटी चेल्सी विरुद्ध विजयी

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी म्यानचेस्टर सिटीविरुद्ध १-० ले पराजित भएको छ । सिटीका लागि निर्णायक गोल मिडफिल्डर बर्नार्डो सिल्भाले गरेका थिए । सिटीले पहिलो हाफमा अधिकांश नियन्त्रण लिए पनि गोल गर्न भने असफल भएको थियो । लेरोय सानेको प्रहार चेल्सीका डिफेन्डर सेजार एज्पिलीक्वेटाले गोललाइनबाट क्लियर पनि गरेका थिए । तर […]

21 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी म्यानचेस्टर सिटीविरुद्ध १-० ले पराजित भएको छ । सिटीका लागि निर्णायक गोल मिडफिल्डर बर्नार्डो सिल्भाले गरेका थिए ।

सिटीले पहिलो हाफमा अधिकांश नियन्त्रण लिए पनि गोल गर्न भने असफल भएको थियो । लेरोय सानेको प्रहार चेल्सीका डिफेन्डर सेजार एज्पिलीक्वेटाले गोललाइनबाट क्लियर पनि गरेका थिए ।

तर दोस्रो हाफको सुरुवाती मिनेटमै सिटीले चेल्सीको डिफेन्सको तोड निकाल्यो । डेभिड सिल्भाको पासलाई बर्नार्डो सिल्भाले परिणत गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । भिक्टर मोसेजले दोस्रो हाफमा पाएको अवसर चेल्सीको एक मात्र ठूलो अवसर थियो जुन उनले बाहिर प्रहार गरेका थिए ।

यस नतिजासँगै सिटी २९ खेलमा ७८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा सिटी १८ अंकले अगाडी रहेको छ । अर्को तर्फ चेल्सीको सोहि खेलबाट ५३ अंक रहेको छ र साविक विजेता चेल्सी लिगको पाँचौं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.