default_image

8 years ago

March 20, 2018

किरण – “आई-लिग भन्दा स्तरीय अवसरको प्रकियामा छु “

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिनेर्भा पञ्जाबसँग भारतीय शीर्ष डिभिजनको लिग ‘आई-लिग’ को उपाधि जितेका नेपाल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले नयाँ अवसरको प्रक्रियामा रहेको बताएका छन् ।

तस्बिर: विवेक सुवेदी / हाम्रो खेलकुद

Kiran chemjong

राष्ट्रिय टोलीसँग प्रशिक्षणरत किरणले पहिलो सिजन मिनेर्भा पञ्जाबसँग राम्रो अनुभव बटुलेको बताए , “पहिलो सिजन आई-लिगमा राम्रो अनुभव भयो । पहिलो पटक मै उपाधि जित्न पाउँदा मेरो करियरलाई पनि राम्रो भएको छ । “

त्यस्तै पञ्जाबबाट सम्झौता थप्न प्रस्ताव आएपनि उनले अझ राम्रो अवसर जुटाउने प्रकियामा रहेको बताए, “सम्झौता नवीकरण गर्ने प्रस्ताव आएको छ, तर हाल म भिन्न क्लबसँग अवसर जुटाउने प्रक्रियामा छु”, किरणले क्लब खुलाउन भने चाहेनन् ।

भिडियोमा किरणसँगको पुरा कुराकानी हेर्नुहोस ।  

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.