default_image

6 years ago

March 22, 2018

एपिएफलाई हराउँदै भारतीय क्लब क्रेष्ट ब्वाइजको विजयी सुरुआत

सर्लाही (हाम्रो खेलकुद) – सर्लाहीमा बिहिवारबाट राजर्षि जनक कप फुटबल प्रतियोगितामा भारतीय क्लब स्काई क्रेस्ट ब्वाईज मुम्बई विजयी भएको छ । बागमती स्टेडियममा बिहिबार भएको उद्घाटन खेलमा स्काई क्रेस्ट ब्वाईज मुम्बईले नेपाल एपिएफ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि […]

27 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद) – सर्लाहीमा बिहिवारबाट राजर्षि जनक कप फुटबल प्रतियोगितामा भारतीय क्लब स्काई क्रेस्ट ब्वाईज मुम्बई विजयी भएको छ । बागमती स्टेडियममा बिहिबार भएको उद्घाटन खेलमा स्काई क्रेस्ट ब्वाईज मुम्बईले नेपाल एपिएफ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

APF vs Mumbai

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा एपिएफको महेश लामाको प्रहारलाई स्काई क्रेस्ट ब्वाईज मुम्बईका गोलरक्षक भिहाङ सलुकेले रोक्दै टिमलाई क्वार्टरफाइनलमा पुर्याए । गोलरक्षक भिहाङ सलुके नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

‘ए’ डिभिजनका ७ क्लव, बिदेश २ टोली र आयोजक एक टिम गरि १० टोली सहभागी प्रतियोगिताको फाइनल खेल चैत्र १७ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, ससस्त्र प्रहरी क्लव(एपिएफ), ब्वईज यूनियन, सुदुर पश्चिम ११, जावला खेल ११, सरस्वती क्लव ११, सर्लाही ११, भुटान ड्रग स्टार र स्काई के्रस्ट ब्वाईज मुम्बईको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्र्तगत शुक्रबार सर्लाही–११ र भुटानको क्लव ड्रग स्टारबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको वजेताले नगद ५ लाख राजर्षि रनिङ कप शिल्ड, प्राप्त गर्नेछ । दोस्रो हुनेले नगद ३ लाख पाउनेछ । बिभिन्न बिधामा उत्कृष्ठ रहने खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवल किशोर शाहले गरेका थिए । पहिलो संस्करणमा मनाङ–मस्र्याङ्दी क्लब च्याम्पियन बनेको थियो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.