default_image

6 years ago

April 8, 2018

मिसन युनाइटेड पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– दोश्रो पाँचथर गोल्डकप प्रतियोगितामा मिसन युनाइटेड ताप्लेजुङले विजयी सुरुवात गरेको छ । फिदिम माविको मैदानमा भएको उद्घाटन खेलमा आयोजक पाँचथर क्लबलाई २–१ गोलले हराउदै मिसन युनाइटेड सेमिफाइनलमा पुगेको छ । मिसनका लागि दीपेश आङबुहाङ र युवराज लिम्बुले गोल गरे । आयोजक टोलीका लागि सुदीप श्रेष्ठले गोल गरे । खेलको १० औं मिनेटमा […]

50 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– दोश्रो पाँचथर गोल्डकप प्रतियोगितामा मिसन युनाइटेड ताप्लेजुङले विजयी सुरुवात गरेको छ । फिदिम माविको मैदानमा भएको उद्घाटन खेलमा आयोजक पाँचथर क्लबलाई २–१ गोलले हराउदै मिसन युनाइटेड सेमिफाइनलमा पुगेको छ ।

मिसनका लागि दीपेश आङबुहाङ र युवराज लिम्बुले गोल गरे । आयोजक टोलीका लागि सुदीप श्रेष्ठले गोल गरे । खेलको १० औं मिनेटमा सुदीपको गोलबाट आयोजकले अग्रता लिएको थियो । विपक्षी तीन रक्षकलाई कटाउँदै सुदीपले गोल गरेका थिए ।

३१ औं मिनेटमा मिसनका दीपेशले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । कमजोर रक्षापक्तिको फाइदा उठाउदै दीपेशले गोल गरेका हुन् । ६९ औं मिनेटमा युवराजले गरेको गोल खेलको निर्णायक बन्यो । पेनाल्टी बक्स नजिक दीपेशले प्रहार गरेको फ्रिकिकबाट युवराजले गोल गरेका हुन् ।

पहिलो हाफमा आयोजकले मिसन युनाइटेडलाइ दबाबमा राखे पनि दोश्रो हाफमा त्यसलाई निरन्तरता दिन नसक्दा पराजित भयो । आयोजक टोलीका सुदीप म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

सुरुआती अग्रता जोगाउन नसक्नु र दोस्रो हाफमा उच्च प्रदर्शन गर्न नसक्नुनै हारको कारण भएको पाँचथर क्लबका प्रशिक्षक नवीन बुढाथोकिले बताए । मिसनका प्रशिक्षक डिके मादेनले दोस्रो हाफको उच्च प्रदर्शनकै कारण सफलता मिलेको बताए ।

पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छन । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

पाँचथर गोल्डपमा सोमबारको खेल
डिएफसि मोरङ विरुद्ध रेडहर्स इलाम

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.