default_image

6 years ago

April 11, 2018

आयोजक एलजीका दुवै टोली क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक लालि गुराँस (एलजी) युवा क्लबका दुवै टोली एलजी रेड र ब्ल्याक दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामाको क्वार्टरफाइनलमा पुगेका छन् । पोखराको अमसिंह मैदानमा जारी प्रतियोगितामा बुधबार एलजी रेडले बुद्ध टोल फुटबल क्लबलाई २–० र एलजी ब्ल्याकले लेकसाइड युवा क्लबलाई समान २–० ले हराएको छ । अन्य खेलमा […]

22 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आयोजक लालि गुराँस (एलजी) युवा क्लबका दुवै टोली एलजी रेड र ब्ल्याक दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामाको क्वार्टरफाइनलमा पुगेका छन् ।

पोखराको अमसिंह मैदानमा जारी प्रतियोगितामा बुधबार एलजी रेडले बुद्ध टोल फुटबल क्लबलाई २–० र एलजी ब्ल्याकले लेकसाइड युवा क्लबलाई समान २–० ले हराएको छ । अन्य खेलमा डोब्रे फुटबल क्लब, संगम फुटबल क्लब, बुढीबजार फुटबल क्लब, बि थर्टिन बाँझापाटन र तारा फुटबल क्लब विजयी भए ।

डोब्रे एफसीले रामघाटलाई ५–२ ले, संगम फुटबल कलबले शुक्ला गण्डकी युवा क्लबलाई ३–० ले, बि थर्टिनले रंजन मेमोरियल लाई २–० ले, ताराले गैह«ापाटन युवा क्लबलाई ४–० ले हराएको छ । बुढीबजारले नयाँ गाँउ युवा क्लबलाई टाइब्रकेरमा ३–२ पराजित गर्यो ।

हिमा अस एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजनमा रहेको प्रतियोगितामा ६४ टोलीको भाग लिएको प्रतियोगिता संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन । प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार, दोश्रोले हुनेले टोलीले ८०, तेश्रोले २० र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र फरवार्डले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.