default_image

8 years ago

May 15, 2018

जर्मनीद्वारा विश्वकपको प्रारम्भिक टोली घोषणा

128 views

0 Bookmark

म्युनिख (एजेन्सी) – विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् ।

विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको पनि बताएका छन् ।

विश्वका नम्बर १ गोलकिपर मानिने म्यानुयल नोया सेप्टेम्बरदेखि घाइते रहे पनि टोलीमा समावेश भएका छन् । अर्को तर्फ २०१४ विश्वकपमा विजयी गोल गरेका मारियो गोएट्जा भने टोलीमा परेका छैनन् । लयमा रहेका टिमो वेर्नर र जुलियन ड्राक्सलर भने टोलीमा फर्केका छन् । ठुला प्रतियोगितामा चोटका कारण सहभागि हुन नसकेको तितो इतिहास बोकेका मार्को रोयस भने टोलीमा समावेश भएका छन् ।

जर्मनीको प्रारम्भिक टोली:

गोलकिपर– बेर्न्ड लेनो, म्यानुयल नोया, मार्क आन्द्रे टेर स्टेघेन, केभिन ट्राप
डिफेन्डर– जेरोम बोयटाङ, माथियस गिन्टर, जोनास हेक्टर, जोसुवा किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियो रुडिगर, निक्ला सुले, जोनाथन टाह
मिडफिल्डर- जुलियन ब्रान्ड्ट, इल्के गुन्डगन, समि खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, मार्को रोयस,, सेबास्टियन रुडी
फरवार्ड – लेरोय साने, निल्स पेटरसन, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.