8 years ago
May 16, 2018
लण्डन (एजेन्सी) – इङल्याण्डबाट ७५ क्याप जितेका गोलकिपर जो हार्ट रुस विश्वकपका लागि इङ्लिस टोलीमा परेका छैनन्। बिबिसीले जनाए अनुसार ३१ वर्षे हार्ट र २६ वर्षे मिडफिल्डर ज्याक विल्शेयर प्रशिक्षक ग्यारेथ साउथगेटको टोलीमा समावेश हुनेछैनन्।

जून १६बाट सुरु हुने प्रतियोगिताका लागि इङ्ल्याण्डको पुरा टोली भने आज सार्वजनिक हुँदैछ। इङल्याण्डका लागि युरो २०१२, विश्वकप २०१४ र युरो २०१६मा गरेर पछिल्लो तीन प्रमुख प्रतियोगितामा मुख्य भूमिका निर्वाह गरेका हार्ट यसपटक भने खराब लयमा रहेका कारण टोलीमा नपर्ने भएका हुन्। यो सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट वेस्ट ह्याममा लोनमा रहँदा उनले १९ खेलमा ३९ गोलको सामना गरे।
विल्शेयर पनि एक पछि अर्को चोटका कारण राम्रो लय समात्न सकेका छैनन्। उनले इङल्याण्डबाट ३४ खेलमा २ गोल गरेका छन्।
इङल्याण्ड बेल्जियम, पानामा र ट्युनेसिया समूह ‘जी’ मा छन्। इङल्याण्डले पहिलो खेल १८ जुनमा ट्युनेसियाविरुद्ध खेल्नेछ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]