8 years ago
May 16, 2018
रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्।

रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप प्रमाण माग गरेको छ।
अल मिर्दासीले अघिल्लो कन्फिडेरेसन्स कपमा पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए। उक्त प्रतियोगितामा पोर्चुगल र मेक्सिकोबीच तेस्रो स्थानको खेलमा उनी मुख्य रेफ्री थिए।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]