8 years ago
May 23, 2018
लन्डन (एजेन्सी)– रसियामा हुने विश्व कपका लागि टोटेनह्यामका स्ट्राइकर हेरि केन इङ्ल्यान्ड फुटबलको कप्तान नियुक्त भएका छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले सोमबार राती टोलीको बैठकमा केनलाई कप्तानका रुपमा घोषणा गरेका थिए ।
लिभरपुलका कप्तान जोर्डन हेन्डर्सन र टोटेनह्यामका मिडफिल्डर इरिक डेयरलाई पनि सम्भावित कप्तानका रुपमा हेरिएपनि साउथगेटले रसिया विश्वकपको नेतृत्व गर्ने जिम्मेवारी कानेलाई सुम्पेका थिए ।
‘यो अद्भुत सम्मान हो । समयसँगै सधै इङ्ल्यान्डबाट खेल्ने सपना देखेको थिए । अहिले कप्तान हुनु मेरो लागि अपेक्षा भन्दा बढी हो,’ केनले भने, ‘विश्व कपका लागि म उत्साहित छु । त्यसको अनुभवका लागि आतुर छु । टोलीको नेतृत्व गर्नु पाउनु विशेष हुनेछ ।’
कप्तान हुनु एउटा पाटो भएपनि भूमिकामा भने खासै परिवर्तन नभएको केनले प्रष्ट पारे । ‘म अहिले पनि एउटा मानव हु । त्यहि खेलाडी हु,’ उनले भने, ‘यो त एउटा टोलीको विषय हो । हामी जति सक्छौं त्यति प्रयास गर्छौैं ।’
प्रशिक्षक साउथगेटले केनमा केहि असाधारण व्यक्तिगत गुण रहेको बताउँछन् । उनले भने, ‘उनी स्तरीय खेलाडी हुन । अहिलेको समयमा एकरुपताको प्रदर्शन गर्न सक्ने विश्वका उत्कृष्ट खेलाडीमध्ये उनी एक हुन् । त्यस्ता खेलाडीले टोलीको नेतृत्व गर्दैछन् ।’
पछिल्लो १८ महिनाको अनुभवले उनीमा टोलीको नेतृत्व लिने क्षमता देखिएको साउथगेटले प्रष्ट पारे । ‘निश्चय पनि उनलाई अरुको साथ चाहिन्छ । हामीले उनीमा नेतृत्वकर्ताको क्षमता देखेका छौं,’ उनले थपे,’ उत्कृष्ट कप्तान विना शीर्ष टोलीको कल्पना गर्न कठिन हुन्छ । मलाई लाग्छ चुनौति लिनका लागि उनी तयार छन् ।’
जुन १८ मा ट्युनेसियासँग खेल्दै इङ्ल्यान्डले रसिया विश्व कपको सुरुवात गर्नेछ । समूह जीमा त्यसपछि टोलीले पानामा र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]