default_image

8 years ago

May 24, 2018

ब्राजिललाई अर्को चोटको समस्या

89 views

0 Bookmark

रियो (एजेन्सी) – आगामी जुन तेस्रो सातादेखि सुरु हुने फिफा विश्वकप २०१८ मा ब्राजिललाई उपाधिको प्रमुख दावेदार टोलीको रुपमा हेरिएको छ । त्यसो त ब्राजिल सधैं बलियो दावेदारको रुपमा विश्कपमा सहभागी हुने टोली हो । सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिलले पछिल्लोपटक सन् २००२ मा उपाधि जितेको थियो ।

यस पटक उपाधिको दावेदार मानिएको ब्राजिलले प्रतियोगिता सुरु नहुँदै केहि खराब समाचार भने सुन्नुपरेको छ । डिफेन्डर डानी आल्भेस घाइते हुनुले टोलीलाई ठुलो चोट पुगेको थियो । यसबाहेक नेयमार पूर्ण रुपमा फिट नहुने भन्ने डर पनि समर्थकमाझ कायमै छ । यस्तो अवस्थामा अर्का आक्रामक खेलाडीको चोटको खबरले ब्राजिलियन टोलीलाई टाउकोदुखाइ बनेको छ ।

इटालियन क्लब युभेन्ट्सलाई घरेलु लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका विंगर डग्लस कोस्टाले चोट बोकेका छन् । प्रशिक्षणका दौरान उनो तिघ्रामा चोट लागेको ब्राजिलियन फुटबल फेडेरेसनका प्रमुख डाक्टर रोड्रीगो लास्मारले जानकारी दिएका छन् । उनले प्रशिक्षणका दौरान कोस्टा तिघ्राको चोट देखाएपछि मैदान छाडेको बताए ।

कोस्टाले यसपटक सुरुआती रोजाईमा मौका पाउने सम्भावना कम भएपनि उनको भूमिका नेयमारको अनुप्सथितिमा भर पर्ने बुझिएको थियो । नेयमार चोटका कारण खेल्न नसक्दा उनि नै प्रशिक्षक टिटेको पहिलो विकल्पका रुपमा दरिएका थिए । उनको चोट धेरै गम्भीर नभएका कारण केहि दिन विश्रामपछि मैदानमा आउने लास्मरले जनाएका छन् ।

ब्राजिलले विश्वकपको समूह चरणमा स्विटजरल्यान्ड र क्रोएसियाजस्ता युरोपका ठुला टोलीको सामना गर्दैछ । नेयमारले विश्वकप अगाडी हुने अभ्यास खेलमा सहभागिता जनाएर आफ्नो फिटनेस सिद्ध पार्ने बुझिएको छ । कोस्टा पनि त्यसै समयसम्म खेलमा फर्कने विश्वास प्रशिक्षक टिटेले लिएका छन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.