default_image

8 years ago

May 24, 2018

‘इंग्ल्यान्डले विश्वकप जित्न सक्छ’ – कप्तान केन

116 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केनले इंग्लिस टोली रसियामा हुने विश्वकपको दावेदार टोली रहेको अभिव्यक्ति दिएका छन् ।

२४ वर्षीय फरवार्ड केनलाई प्रशिक्षक साउथगेटले केहि साताअघि नै कप्तानको जिम्मेवारी सुम्पने निर्णय सुनाएका थिए । यद्यपी यसको आधिकारिक घोषणा भने मंगलबार भएको थियो । प्रिमियर लिग क्लब टोटेनहमका लागि सिजनमा ४१ गोल गरेका केनले आफ्नो टोलीलाई लिगमा तेस्रो स्थानमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

‘ विश्वकप उपाधि उठाएको सपना नदेखी बस्न सकिन्न । विश्वको सबैभन्दा ठुलो प्रतियोगिता जित्ने सबैको बाल्यकालदेखिको सपना हुन्छ,’ उनले भने, ‘ हामीलाई विश्वास छ हामीले यो विश्वकप जित्न सक्छौं । अहिले हामी जित्न सक्दैनौं भन्नु बेवकुफी हुनेछ । हामी आफुले सकेको उत्कृष्ट प्रदर्शन दिने प्रयासमा हुनेछौं ।’

केनले इंग्ल्यान्डको टोली अन्य दावेदार जतिको बलियो नभएपनि युवा जोशले भरिपूर्ण रहेको बताए । ‘ हामी बलियो दावेदार नहुन सक्छौं । तर जसरी लिभरपुलले च्याम्पियन्स लिग फाइनल पुगेर आफ्नो टोलीलाई सिद्ध गरेको छ । हामी अर्को उदाहरण बन्न चाहन्छौं,’ केनले बताए । राष्ट्रिय टोलीका लागि २३ खेलमा १२ गोल गरेका केन टोलीको आक्रमणका केन्द्रबिन्दु पनि हुन् ।

केनले यसअघि विश्वकप छनोट अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा पहिलोपटक टोलीको कप्तानी सम्हालेका थिए । उनले उक्त खेलको अन्त्यतिर बराबरी गोल गर्दै खेललाई २-२ को अवस्थामा ल्याएका थिए । त्यसयता उनले तीन खेलमा टोलीको कप्तानी गरिसकेका छन् । केनबाहेक टोटेनहमकै एरिक डायर र लिभरपुलका जोर्डन हेन्डरसनले पनि कप्तानी गरेका छन् ।

इंग्ल्यान्डले विश्वकपको पहिलो खेलमा ट्युनिसियाको सामना गर्नेछ । १८ जुनमा पहिलो खेल सकिएपछि इंग्ल्यान्डले पानामा र बेल्जियमको सामना गर्नेछ । टोली १२ जुनमा रसिया पुग्नेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.