default_image

8 years ago

May 24, 2018

विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर

124 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व खेलकुदकै सबैभन्दा चर्चित र अपेक्षित विश्वकप २०१८ सुरु हुन अब २१ दिन बाकीं रहेको छ । टोलीहरु आफ्नो तयारीमा जुटिरहेका छन् । तर केही त्यस्ता खेलाडीहरु छन् जो विश्व फुटबलमा अत्याधिक नाम कमाए बापत आफ्नो राष्ट्रको विश्वकप टोलीमा पर्न असफल रहे । विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर यी रहेका छन्:

३. एलेक्जान्डर लाकाजेट – फ्रान्स

Lacazette

आर्सनलका फरवार्ड एलेक्जान्डर लाकाजेट यसै सिजन प्रिमियर लिगमा पाइला टेकेका हुन् । सबै प्रतियोगितामा १९ गोल गरेका लाकाजेटको प्रदर्शन आकर्षक त रहेन तर निराशाजनक पनि रहेन । लियोनबाट आर्सनल आउँदै विश्वकपमा आफ्नो स्थान थप सुरक्षित पार्ने लक्ष्य बोकेका लाकाजेटको स्थिती त्यसको ठीक विपरित भयो ।

यसभन्दा अघि नियमित सदस्य रहे पनि किलियन बाप्पे, थोमस लेमार र नबिल फेकिर लगायत खेलाडीको राम्रो सिजनका कारण उनी फ्रान्ससँग रुस जान पाएका छैनन् ।

२. मौरो इकार्डी – अर्जेन्टिना

यस घरेलु सिजन मौरो इकार्डीले इन्टर मिलानका लागि २९ गोल गरेका थिए । उनीभन्दा बढी गोल गर्नेमा लियोनल मेस्सी, मोहम्मद सालाह र ह्यारी केन मात्र रहेका थिए । उनको सिजनको मुल्यांकन अनुसार उनको अर्जेन्टिनी टोलीमा स्थान पक्का नै रहेको थियो ।

तर गोन्जालो हिग्वाइन, पौलो डिबाला र सर्जियो अगुएरोको राष्ट्र टोलीमा उनले स्थान लिन असफल रहे । प्रशिक्षकका अनुसार अर्जेन्टिनाको अग्रपंक्तिको सहि संयोजन र खेलशैलीलाई याद राख्दै इकार्डीलाई उनले टोलीमा राखेनन् ।

१. एल्भारो मोराटा – स्पेन

Morata

एल्भारो मोराटाले आफुलाई स्पेनका लागि एक महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित गरेका थिए । उनले युरो २०१६ मा स्पेनका लागि सर्वाधिक ३ गोल पनि गरेका थिए । रियल म्याड्रिडबाट यस सिजन नियमित फुटबल खेल्ने चाहना राख्दै चेल्सी आएका मोराटाको सिजन भने सोचेअनुसार भएन । उनले लिगमा जम्मा ११ लिग गोल गरे भने अन्त्यमा टोलीमा आफ्नो स्थान पनि गुमाउन पुगे ।

विश्वकपको दाबेदार मानिएको स्पेनिस टोलीमा पूर्व चेल्सी स्ट्राइकर डियगो कोस्टासेल्टा भिगोका इयागो आस्पास र भ्यालेन्सियाका रोड्रिगो फरवार्डका रुपमा रहेका छन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.