8 years ago
May 25, 2018
म्याड्रिड (एजेन्सी)– नाइजेरिया राम्रो टोली हुन सक्ने सम्भावना भएपनि लियोन मेस्सी र अर्जेन्टिनासँग तुलाना गर्न नसकिने एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमेवनले बताएका छन् । म्याक्स कपमा मंगलबार स्पेनिस क्लबले नाइजेरियाको बी टोलीलाई ३–२ ले हराएपछि सिमेवनको यस्तो भनाई आएको हो ।
खेलपछि सिमेवनले भने, मेस्सी विशेष खेलाडी हुन् । यदि उनी लयमा छन् भने रोक्न कठिन छ । मेस्सीलाई रोक्न नाइजेरियालाई कठिन हुनेछ । किनकी मेस्सी सन्यासअघि विश्वकप जित्न चाहन्छन् । तर पनि विश्व कपमा भाग लिने सबै टोलीलाई शुभकामना दिन चाहन्छु ।
सिमेवनले ला लिगाको उपविजेता टोलीलाई कडा टक्कर दिएकोमा नाइजेरियाको बी टोली प्रशंसा गरे । जसरी उनीहरुले खेले म आश्चार्यमा परे । त्यो मुख्य टोली पनि थिएन । टोली निकै राम्रो र बलियो लाग्यो । खेलमा उनीहरुले हामीलाई गाह्रो पारे । शुभकामना छ ।
तुलानात्मक रुपमा अर्जेन्टिना विश्व कपको सहज समूहमा रहेको छ । यद्दपी नकआउट चरणबाट भने वास्तविकत परिक्षा सुरु हुने अनुमान गरिएको छ । छनोट चरणमा भने अर्जेन्टिनाको यात्रा केहि कठिन रहेको थियो । छनोटमा सात खेलमात्र जितेको टोली ब्राजिल र उरुग्वेभन्दा पछि रहँदै रसिया विश्व कपका लागि छनोट भएको थियो ।
छनोटको शीर्षस्थानमा रहेको टोलीको भन्दा अर्जेन्टिनाको १३ अंक कम थियो । यस्तै सन् २०१४ को अघिल्लो विश्व कपको फाइनलमा पुगेको मेस्सीको अर्जेन्टिनाबाट यसपटक बढी अपेक्षा गर्नेपनि धेरै छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]