default_image

8 years ago

May 25, 2018

नेयमारको फिटनेसमा उत्साहजनक सुधार

105 views

0 Bookmark

रियो (एजेन्सी) – ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारको चोटबाट पुनरागमन आशा गरेभन्दा राम्रो भइरहेको ब्राजिलका फिटनेस प्रशिक्षक फाबिओ मासेरेडिजानले जनाएका छन् । मंगलबारदेखि पूर्ण प्रशिक्षणमा सहभागी भएका नेयमारले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको उनले बताए ।

खुट्टामा चोट बोकेका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका लागि सिजनको पछिल्लो भाग नखेलेका नेयमारले विश्वकप टोलीमा स्थान बनाउने बारे पनि प्रश्न उठेको थियो । तर उनले विशेष शल्यक्रिया गरेपछि विश्राम लिएर पुनरागमन गर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वकप अघिका दुई मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाउने सम्भावना बढेको छ ।

प्रशिक्षक फाबिओका अनुसार उनको प्रशिक्षणमा कुनै किसिमको खतरा देखिएको छैन । ‘नेयमारले निकै राम्रो प्रशिक्षण गरिरहेका छन् । उनको बल कन्ट्रोल, छलाउने देखि कुद्ने सबै पक्षमा सुधार देखिएको छ । विश्वकप मात्र नभएर उनले मैत्रीपूर्ण खेलमा पनि पूर्ण फिटमा खेल्ने छन्’, उनले सुनाए ।

ब्राजिलले समूहको पहिलो खेलमा जुन १७ मा स्विटजरल्याण्डको सामना गर्दैछ । उक्त समूहमा कोस्टारिका र सर्बिया पनि रहेका छन् । नेयमारको अनुपस्थितिमा विलियन वा फिर्मिनोले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.