8 years ago
May 28, 2018
म्याड्रिड (एजेन्सी) – विश्वकप नजिकिदै गर्दा च्याम्पियन्स लिग फाइनलमा स्पेनका फुल ब्याक ड्यानी कार्बाहालले चोट बोकेपछि उनी मैदानबाट बाहिरिदा आँशु थाम्न सकेनन्।
खेल दौरान उनको चोट गम्भीर देखिएपनि प्रारम्भिक परिक्षण पछि स्पेनिस फुटबल संघले कार्बाहाल विश्व कप खेल्न सक्ने जनाएको छ। लिभरपुल विरुद्धको फाइनलमा खेलको ३६ औं मिनेटमा चोट बोकेपछि कार्बाहालको स्थानमा नाचो प्रवेश गरेका थिए। रियलले उक्त फाइनल ३-१ ले जित्दै लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि आफ्नो नाम गरेको थियो।
प्रारम्भिक खबर अनुसार ह्यामस्ट्रिंगमा चोट बोकेपछि कम्तीमा तीन हप्ता विश्राम गर्नुपर्ने बताइए पनि स्पेनिस संघले उनी अर्को सोमबारबाट प्रशिक्षणमा फर्कने जानकारी दिएको छ।
त्यस खेलमा लिभरपुलका भरपर्दा फरवार्ड मोहम्मद सलाहले पनि चोट बोकेका थिए । सलाहको काँधमा लागेको चोट गम्भीर भएको र उनले समूह चरणको दुई खेलसम्म गुमाउने सक्ने अनुमान लगाइएको छ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]