8 years ago
May 28, 2018
मस्को (एजेन्सी) – अघिल्लो पटकको उपविजेता अर्जेन्टिना अबको १६ दिनपछि सुरु हुने विश्वकपमा उपाधि जित्ने होडमा हुने छ । अग्रपंक्तिमा स्टार खेलाडीहरुले भरिपूर्ण रहे पनि डिफेन्समा भने अर्जेन्टिना केही पछि परेको छ ।
अर्जेन्टिनालाई विश्वकपको दाबेदार मानिंदै आएको थियो तर छनोट चरणमा कठिन यात्राले केही सङ्का उत्पन्न भएको थियो । त्यस्तै स्पेनसँग मैत्रीपूर्ण खेलमा ६-१ को हारपश्चात थप आलोचना सुरु भएको हो । तर स्टार लियोनल मेस्सी, सर्जियो अगुएरो, गोन्जालो हुग्वाइन र पौलो डिबाला लगायत खेलाडीलाई आफ्नो प्रदर्शनले आलोचकहरुलाई शान्त बनाउने मौका रहेको छ ।
विश्वकपमा कुल ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् ।
आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । ११ सहरका १२ रंगशाला प्रयोग हुने प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]