default_image

8 years ago

May 29, 2018

पोर्चुगल बराबरीमा रोकियो

137 views

0 Bookmark

ब्रागा (एजेन्सी) – विश्व कपको तयारीमा रहेका पोर्चुगल र टुनिशियाले मैत्रीपूर्ण खेल २-२ को बराबरीमा अन्त्य गरेका छन्। पोर्चुगलले दुइ गोलको अग्रता गुमाएको थियो। 

Tunisia

ब्रागा स्थित मुनिसिपाल डी ब्रागा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा एन्द्रे सिल्भाले २२ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए भने जोआओ मारियोले ३४ मिनेटमा अग्रता दोब्बर गरे।

टुनिशियाका लागि अनिसे बद्रीले ३९ औं मिनेटमा पहिलो गोल गरे भने फकिरेदिने बेन यौसेफले ६४ औं मिनेटमा गोल गर्दै बराबरी दिलाएका थिए। भर्खरै च्याम्पियन्स लिगको फाइनल खेलेका क्रिस्टियानो रोनाल्डोलाई यस खेलमा विश्राम दिइएको थियो।

रुस विश्व कप अन्तर्गत स्पेन, मोरोक्को र इरानसँग पोर्चुगल समूह ‘बी’ मा रहेको छ।  टुनिशिया, बेल्गियम, पानामा र इङ्ल्याण्ड समूह ‘जी’ मा छन्।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.