8 years ago
May 29, 2018
पेरिस (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २-० ले पराजित गरेको छ । जुन १४ बाट सुरु हुने फिफा विश्वकप २०१८ मा फ्रान्स पनि दाबेदारमध्ये एक रहेको छ भने आयरल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको हो ।
फ्रान्सले केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो । फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै जिरुको गोलको ३ मिनेटमै फ्रान्स आफ्नो अग्रता दोब्बर पार्न सफल भएको थियो । नबिल फेकिरले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यान, पल पोग्बा, ह्युगो लोरिस र एन्गोलो कान्टे बेन्चमै थिए भने च्याम्पियन्स लिग विजेता राफायल भरान टोलीमै अटाएनन् । अर्को मैत्रिपूर्ण खेलमा भरान सुरुवाती ११ मै फर्किने अनुमान छ । त्यस्तै किलियन बाप्पे भने सुरुवात गर्दै दोस्रो गोलका लागि असिस्ट समेत गरे ।
अब फ्रान्सले इटालीसँग जुन २ मा तथा अमेरिकासँग जुन १० आफ्ना मैत्रीपूर्ण खेलहरु खेल्ने छ । विश्वकपमा फ्रान्स समूह ‘सी’ मा डेनमार्क, अष्ट्रेलिया र पेरुसँग रहेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]