8 years ago
May 29, 2018
लन्डन (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहंदा सबैले आफ्नो विजेता अनुमान लगाउनु स्वभाविक नै हो । त्यस्तै विभिन्न प्रविधि र तथ्याङ्कहरुको सहयोगमा विश्वकै प्रतिष्ठित भिडियो गेम फिफाले प्रतियोगिता फ्रान्सले जित्ने भविष्यवाणी गरेको छ ।
अघिल्लो विश्वकपमा फिफाले जर्मनीले नै जित्ने अनुमान गरेको थियो । फिफाका केही अनुमानहरु यस प्रकारका रहेका छन्:
समूह चरण:
समूह चरणमा फिफाको अनुमानमा आयोजक रुस इजिप्टलाई हराउंदै अन्तिम १६ मा समूह विजेता उरुग्वेसँगै प्रवेश गर्ने छ । त्यस्तै अर्जेन्टिना आफ्नो समूहमा दोस्रो हुने र स्विडेनले मेक्सिकोलाई गोलअन्तरमा हराउंदै अन्तिम १६ मा पुग्ने अनुमान पनि फिफाले गरेको छ ।
अन्तिम १६:
अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी सम्मिलित टोलीहरु बाहिरिने अनुमान गरिएको छ । पोर्चुगल उरुग्वेसँग हार्नेछ भने अर्जेन्टिना फ्रान्ससँग पराजित हुने छ । त्यस्तै इंग्ल्यान्ड पनि कोलम्बिया विरुद्ध पेनाल्टीमा परजित हुने अनुमान गरिएको छ ।
क्वाटरफाइनल:
क्वाटरफाइनलमा ब्राजिल बेल्जियमसँग २-० ले पराजित हुने ठुलो अनुमान लगाइएको छ । त्यसैगरी स्पेन, फ्रान्स र जर्मनीले क्रमश: क्रोएसिया, उरुग्वे र कोलबियालाई हराउने भविष्यवाणी फिफाले सार्वजनिक गरेको छ ।
सेमिफाइनल:
सेमिफाइनलमा बेल्जियम फ्रान्सँग पराजित हुने र अर्को तर्फ स्पेन जर्मनीविरुद्ध पराजित हुने अनुमान लगाइएको छ ।
फाइनल:
फाइनलमा जर्मनी र फ्रान्स भिड्दा दुवै टोलीले नियमित समयमा १-१ गोल गर्ने अनुमान गरिएको छ । त्यस्तै पेनाल्टी सुट-आउटमा भने फ्रान्सले जर्मनीलाई ४-३ ले हराउंदै २२ वर्षमा पहिलो पटक विश्वकप उचाल्ने अनुमान गरिएको छ ।
तपाईंको अनुमानमा भने विश्वकप कस्ले जित्ला?
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]