default_image

8 years ago

May 29, 2018

इटालीको जितमा बालोटेलीको गोल

98 views

0 Bookmark

न्योन (एजेन्सी) – मारियो बालोटेलीले चार वर्षपछि इटालीयन राष्ट्रिय टोलीको लागि गोल गरेसँगै विश्वकपको तयारीमा रहेको साउदी अरेबिया मैत्रीपूर्ण खेलमा २-१ ले पराजित भएको छ ।

म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर बालोटेलीले उत्कृष्ट गोल गर्दै स्विटजरल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा इटालीलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा अगाडी बढेको इटालीले ६८ औं मिनेटमा दोस्रो गोल पायो । आन्द्रीए बेलोट्टीले डिफेन्सको गल्तिको फाइदा उठाउँदै इटालीलाई २-० ले अगाडी बढाएका थिए । साउदी अरेबियाका लागि याह्या अल शेहरीले गोल गर्दै गोलअन्तर घटाएका थिए ।

इटालीका लिग यस खेलबाट नयाँ प्रशिक्षक रोबर्टो मान्चिनीले पनि जिम्मेवारी सम्हाले । ५३ वर्षीय प्रशिक्षक मान्चिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई पहिलो लिग उपाधि दिलाएका थिए । यसअघि जियान पिएरो भेन्चुराले इटालीलाई विश्वकपसम्म पुर्याउन नसकेपछि उनले जिम्मेवारी सम्हालेका थिए ।

विश्वकपको तयारीमा रहेको साउदी अरेबियाले समूह ‘ए’ मा आयोजक रसिया, उरुग्वे र इजिप्टको सामना गर्नेछ । डिफेन्डरको गल्तीमा इटालीविरुद्ध एक गोल फर्काएको साउदीले खेल अवधिभर राम्रो प्रदर्शन गरेको थियो । इटालीको भन्दा बढी समय बलमा पकड बनाएको साउदीले विश्वकप तयारीका लागि स्पेनिस फुटबल संघसँग विशेष सहकार्य गरेको थियो ।

यता बालोटेलीले पनि ४ वर्षपछि राष्ट्रिय टोलीबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरे । २७ वर्षीय फरवार्डले फ्रान्सेली क्लबको निसको लागि पनि राम्रो खेलेका थिए । इटालीले गोलरक्षक जियानलुइजी बुफोनको सन्न्यासपछि पहिलो खेल खेल्ने क्रममा युवा गोलरक्षक जियानलुइजी डोनारुम्मालाई सुरुआती एघारमा उतारेको थियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.