8 years ago
May 29, 2018
लन्डन (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहँदा विभिन्न पत्रिका, खेलाडी र खेलकर्मीहरुले प्रतियोगिताको अनुमान लगाउन सुरु गरिसकेका छन् । यस बीच विश्वप्रसिद्ध भिडियो गेम फिफाले पनि आफ्नो भविष्यवाणी सार्वजनिक गरेको छ ।
फिफाले यस पटकको विश्वकपको विजेता फ्रान्स हुने अनुमान लगाएको छ । यस भन्दा अघिको विश्वकपमा फिफाले जर्मनी नै विजेता हुने सही अनुमान पनि लगाएको थियो । त्यस्तै व्यक्तिगत उपाधिहरुको पनि अनुमान फिफाले लगाएको छ ।
फिफाका अनुसार प्रतियोगिताको सर्वाधिक गोलकर्ता स्पेनका इस्को र फ्रान्सका एन्टोइन ग्रिजम्यान हुने छन् । दुवै खेलाडीले समान ५-५ गोल गर्दै उपाधि बाड्ने अनुमान गरिएको छ । त्यस्तै फ्रान्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेल्दै ग्रिजम्यान गोल्डेन बल अर्थात् उत्कृष्ट खेलाडीको उपाधि जित्ने भनिएको छ ।
त्यसैगरी समूह चरणमा ब्राजिलका लागि आकर्षक प्रदर्शन गर्ने अनुमान लगाउंदै उत्कृष्ट युवा खेलाडी ग्याब्रियल जेससले जित्ने अनुमान समेत फिफाले लगाएको छ ।
फिफाको अन्य अनुमानमा अर्जेन्टिना आफ्नो समूहमा दोस्रो रहने र क्रोएसिया पहिलो रहने भनिएको छ । त्यस्तै उपविजेता ब्राजिल, तेस्रो स्थानमा जर्मनी र चौथो स्थान बेल्जियम रहने फिफाले अनुमान गरेको छ । बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई हराउने आश्चर्यपूर्ण अनुमान फिफाले हिजो सार्वजनिक गरेको हो ।
तपाईंको अनुमानमा गोल्डेन बल र गोल्डेन बुट कस्ले जित्ला?
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]