default_image

6 years ago

July 14, 2018

चिल्ड्रेन लाईफ र अमर आदर्श एन्फा कपको सेमिफाइनलमा

बागलुङ (हाम्रो खेलकुद)– बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियागिता अन्तरगत शनिबार चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र अमर आदर्श बोर्डिङले जित हासिल गर्दै सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो । शनिबारको खेलमा चिल्ड्रेन लाईफले अमृत आदर्श माविलाई ५–० ले हरायो । विजयी टोलीका लागि अजय पुन र मनोज […]

25 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद)– बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियागिता अन्तरगत शनिबार चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र अमर आदर्श बोर्डिङले जित हासिल गर्दै सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो ।

शनिबारको खेलमा चिल्ड्रेन लाईफले अमृत आदर्श माविलाई ५–० ले हरायो । विजयी टोलीका लागि अजय पुन र मनोज पुनले समान २ तथा मनोज पुनले अर्को गोल गरे । दोस्रो खेलमा अमर आदर्शले विद्यामन्दिर माविलाई २–० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । अमरको जितमा पवन रोका र आरोज सुनारले गोल गरे ।

बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा आइतबार सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट एकेडेमी तथा दोस्रो सेमिफाइनल चिल्ड्रेन लाईफ र अमर आदर्शबीच हुनेछ । नकआउटको आधारमा जारी प्रतियोगिताको विजेताले १५ हजार र दोस्रो हुनेट टोलीले ८ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.