default_image

6 years ago

July 28, 2018

मेक्सिकोका प्रशिक्षक ओसोरियोबाट पदबाट राजीनामा

लन्डन (एजेन्सी) – मेक्सिकोका प्रशिक्षक जुवान कार्लाेस ओसोरियोले शनिबार मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । मेक्सिकन फुटबल फेडेरेसनले उनको सम्झौता नवीकरण गर्न अफर गरेपनि उनले फेडेरेसनको अफरलाई अस्वीका गर्दै पदबाट राजीनामा दिएका हुन् । ‘म आफैले पदबाट राजीनामा दिएको हु । मलाई ३ वर्षसम्म साथ दिने सबै स्टाफहरुलाई धन्यवाद दिन चहान्छु । जहाँ मैले […]

23 views

0 Bookmark

लन्डन (एजेन्सी) – मेक्सिकोका प्रशिक्षक जुवान कार्लाेस ओसोरियोले शनिबार मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । मेक्सिकन फुटबल फेडेरेसनले उनको सम्झौता नवीकरण गर्न अफर गरेपनि उनले फेडेरेसनको अफरलाई अस्वीका गर्दै पदबाट राजीनामा दिएका हुन् ।

‘म आफैले पदबाट राजीनामा दिएको हु । मलाई ३ वर्षसम्म साथ दिने सबै स्टाफहरुलाई धन्यवाद दिन चहान्छु । जहाँ मैले अनुभव लिने मौका पाए ।’ राजीनामा दिएपछि ओसोरियोले भनेका छन् । रसिया विश्वकपमा विश्वविजेता जर्मनीलाई १–० ले पराजित गरेर सनसनी मच्चाएको मेक्सिको प्रि–क्वार्टरफाइनलमा ब्राजिलसँग २–० ले पराजित भएको थियो ।

जर्मनीलाई पराजित गरेपनि उनी मेक्सिकन समर्थकमाझ लोकप्रिय हुन सकेको थिएन । विश्वकप दौरान जर्मनीलाई पराजित गरेको खेलमा पनि मेक्सिकन समर्थहरुले ‘ओसोरियो आउट’ लेखेको प्ले कार्ड प्रर्दशन गरेका थिए । सोही कारण पनि उनले सम्झौता नवीकरणको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

२०१५ मा मेक्सिकन टिको मुख्य प्रशिक्षक बनेको ५६ वर्षीय कोलम्वियन ओसोरियाको प्रशिक्षणमा मेक्सिकोले ५२ खेल खेल्दा ३३ खेलमा जित हात पारेको थियो । १० खेलमा हार र ९ खेल बराबरी खेलेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.