default_image

6 years ago

July 29, 2018

एपिएफ उपाधि दौडमा, पुलिसको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो । लिगमा एपिएफको यो लगातार तेस्रो जित हो […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो ।

लिगमा एपिएफको यो लगातार तेस्रो जित हो । अब लगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारे एपिएफ लिग च्याम्पियन बन्नेछ । एपिएफ र आर्मीको समान ९ अंक छ । गोल अनतरमा आर्मी दोस्रो स्थानमा छ ।

एपिएफलाई उपाभि नजिक पु¥याउन अनिता केसी र सरु लिम्बुले गोल गरिन् । २३ औं मिनेटमा अनिता केसीको गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

४७ औं मिनेटमा सरु लिम्बुले गोल गरेकी थिइन् । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ २–० ले सहजै विजयी हुन सफल भयो । यता पुलिसको भने लिगमा यो लगातार तेस्रो हार हो । पुलिसले अब मंगलबार काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.