सावित्राको ह्याट्रिक
काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागिय नेपाल एपिएफ क्लब उप–राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको च्याम्पियन बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै एपिएफ लिग च्याम्पियन बन्ने सफल भएको हो । एपिएफ लिगमा अपराजित रहेर महिला लिगको च्याम्पियन बन्न सफल भएको हो ।
जितसँगै एपिएफले चार खेलबाट १२ अंक जोड्न सफल भयो । एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन् । आर्मीका लागि पुनम जर्घा मगरले एक गोल फकाईन् । सुस्त शुरुवात भएपनि एपिएफले दोस्रो हाफमा सुधारिएको खेल पस्केको थियो ।
सुस्त शुरुवात भएपनि एपिएफले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । एपिएफका लागि सावित्रा भण्डारीले गोल गरिन् । पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो । आर्मीका लागि पुनम जर्घा मगरले ४९ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन् । तर, गोल मेसिनका रुपमा परिचित सावित्राले ५४ औं मिनेटमा अर्काे गोल गर्दै एपिएफलाई पुनः २–१ को अग्रता दिलाइन् ।
खेलको ८२ औं मिनेटमा सावित्राले ह्याट्रिक गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाइन् । उनको यो लि गमा तेस्रो ह्याट्रिक हो । तीन ह्याट्रिकसँगै सावित्राले लिगमा आफ्नो गोलसङ्ख्या १२ पुर्याइन । सावित्राले यसअघि रौतहटविरुद्ध ४ गोल र काठमाडौंविरुद्ध ५ गोल गरेकी थिइन् । पुलिसविरुद्धको खेलमा भने सावित्रा गोल गर्न सफल भइनन् ।
च्याम्पियन बनेसँगै एपिएफले २ लाख रुपैया प्राप्त गर्न सफल भयो । उपविजेता बनेको आर्मीले १ लाख र दुई खेल जित्दै तेस्रो भएको रौतहटले ५० हजार रुपैया प्राप्त ग¥यो । पुलिसले लिगको अन्तिम खेलमा काठमाडौंमाथि ९–० को फराकिलो जित निकाल्न सफल भएको थियो ।
तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको लिग गत साउन ७ गतेबाट शुरु भएको थियो ।